१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि पठनपाठन सुचारु गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै भोलिदेखि नियमित पठनपाठन सुचारु गराउन नगरभित्र रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाले शिक्षकहरूकै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्य पात्रो निर्माण गरेको र नगर शिक्षा समितिको २ गतेको निर्णयबाट उक्त कार्य पात्रोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालयलाई निर्देशन समेत दिने निर्णय गरिएको थियो ।

सो निर्णयको पालना हुन नसकेको भन्दै ध्यानाकर्षण गराएको छ ।

संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना र पठनपाठन प्रभावकारी रूपमा सुचारु भइरहेकै समयमा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरू नियमित रूपमा अगाडि बढ्न नसकेको कारण नगरपालिकाले शैक्षिक सुधार, विकास र उन्नयनको लागि अधि बढाएका शैक्षिक कार्यक्रमको कार्यान्वयनमा अवरोध खडा भएकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएको नगरपालिकाले जनाएको छ ।

पेसागत हकहितको लागि गरिएको आन्दोलनबाट विद्यार्थीको शिक्षा प्राप्त गर्ने संवैधानिक हकलाई प्रभावित हुन नदिन यस नगरपालिकाको आज बसेको नगर कार्यपालिकाको ६४ औँ बैठकको निर्णयले भोलिदेखि विद्यालयको सुचारु सञ्चालन गरेर नियमित पठनपाठनको सम्पूर्ण प्रबन्ध गर्न विद्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको थियो ।

उक्त निर्णयको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।\

प्रतिक्रिया दिनुहोस