काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बिहिवार बस्ने भएको छ । बैठक दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा शुक्रवारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।