काठमाडौँ । प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप, खाँडादेवी गाउँपालिका-७ घर भएका हाल काठमाडौँ शंखरापुर नगरपालिका-९ सानागाउँ स्थित डेरा गरी बस्ने ५८वर्ष पदम बहादुर तामाङ रहेको छ ।
प्रहरीका अनुसार तामाङले बेलुका ९ बजे धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती वर्ष ४५ की पुतली माया तामाङको हत्या गरी छोरा रिदम घिसिङ र छोरी संजिता घिसिङलाई घाइते बनाई फरार भएका थिए ।
फरार रहेका तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँको खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरी जिल्ला नुवाकोट, शिवपुरी तलाखुबाट नियन्त्रणमा लिएको हो ।
तामाङलाई हाल नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
