११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टिमा केन्द्रित शल्यक्रिया कक्ष सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले आँखाको क्यान्सर तथा अकुलोप्लाष्टिमा केन्द्रित नयाँ शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइटले उक्त शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन्।

प्रा.डा. रुइटले तीन दशकभन्दा लामो आँखा स्वास्थ्य सेवाको अनुभवलाई स्मरण गर्दै बिरामीहरूलाई गुणस्तरीय, सहज र समयसापेक्ष उपचार उपलब्ध गराउनु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको बताए। उनले उपचार मात्र होइन, सेवा लिने प्रक्रियालाई पनि झन्झटरहित र व्यवस्थित बनाउँदै समयको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिष्ठानले हाल ब्लक ‘बि’को दोस्रो तलामा रहेको शल्यक्रिया कक्षबाहेक चौथो तलामा थप नयाँ अपरेसन थिएटर निर्माण गरी सञ्चालनमा ल्याएको हो। सो नयाँ कक्षमार्फत एस्थेटिक अकुलोप्लाष्टि सेवा विस्तार गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

एस्थेटिक अकुलोप्लाष्टिको सेवा विस्तार
प्रतिष्ठानका अनुसार एस्थेटिक अकुलोप्लाष्टि आँखासँग सम्बन्धित सौन्दर्य र कार्यगत पक्षमा सुधार ल्याउने विशिष्ट उपचार विधि हो। यसअन्तर्गत आँखाको क्यान्सर, आँखाको वरिपरिका अंगमा देखिने विकृति, अनुहार तथा घाँटीको चाउरीपन हटाउने बोटक्स उपचार लगायतका सेवाहरू उपलब्ध गराइनेछ।

विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार गरिने यी उपचारहरू पछिल्लो समय नेपाली समाजमा लोकप्रिय बन्दै गइरहेको छ। उपचार प्रक्रियाबाट बिरामीको आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पर्ने प्रतिष्ठानको भनाइ छ।

अस्पताल व्यवस्थापनले नयाँ शल्यक्रिया कक्षमार्फत सेवा क्षमता वृद्धि गर्ने मात्र नभई, दैनिक रूपमा प्रदान गरिने सम्पूर्ण सेवाहरूलाई थप प्रभावकारी, छरितो र गुणस्तरीय बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिएको छ।

तिलगंगा आँखा प्रतिष्ठानले विगतदेखि नै नवीनतम प्रविधि, दक्ष जनशक्ति र सेवा समर्पणको आधारमा नेपालभित्रै विश्व स्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ। नयाँ अपरेसन थिएटरको शुभारम्भसँगै प्रतिष्ठानले आँखा स्वास्थ्यको क्षेत्रमा थप एक नयाँ अध्याय सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस