११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह

अ+ अ-

काठमाडौँ। नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गरी विगत तीन हप्तादेखि चल्दै आएको शिक्षकहरूको आन्दोलन अझै केही समय लम्बिने सम्भावना रहेको उल्लेख गर्दै नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन र नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

विद्यालयहरूलाई भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप आइतवारदेखि अनिवार्य सुरु गर्न आग्रह गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ, ‘देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूको संविधान सम्मत माग पुरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आव्हान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसद्मा प्रस्तुत गर्नेदेखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने देखिन्छ । ’

यसैगरी सूचनामा लेखिएको छ, “अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउने लक्ष्य लिएको छ । तसर्थ नयाँ शैक्षिक सत्र सुरु भएपश्चात दुई हप्ता व्यतीत भइसक्दा समेत पठन पाठन नहुँदा प्रत्येक गाउँ(टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरूले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न व्यापक गुनासो गरिरहेका छन् ।

यो विषम परिस्थितिको अन्तर मन देखि मनन गरी मिति २०८२/०१/१४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्नुहुन प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट अनुगमन गर्नुहुन जानकारी गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस