११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा नापजाँच सुरु

अ+ अ-

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्सांकनको कार्य सुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले बिहीवारदेखि जग्गा नाप्न सुरु गरेको हो । आयोग विघटन भएपछि वडा नम्बर ६बाटै सुरु गरिएको नापनक्सांकनको काम स्थगन भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार दुई सय ६५ कित्ताको पाँच लाख ३४ हजार नौ सय ८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्सांकन सम्पन्न भएको बताए । बस्नेतका अनुसार वडा नम्बर ६मा करिब ७५ प्रतिशत नापनक्सांकनको काम सकिएको बताए ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताएका छन् ।

अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्सांकनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिने बताए । उनले दाङ जिल्लाको बबई, शान्तिनगर, राप्ती, राजपुर गाउँपालिकामा जंगल क्षेत्रभित्र भूमिहीन दलित ,सुकुम्वासीले वर्षौँदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जना भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको बताए । उनले निर्वाचित भएपछि पहिलो बैठकबाट भूमिहीन दलित ,सुकुम्वासीलाई लालपुर्जा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरे तापनि पटक पटक आयोग विघटन हुँदा कार्यान्वयनमा समस्या आएको बताए ।

नगर प्रमुख खड्काले भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का क्वांकी विश्वकर्माले चार दशक पहिलेदेखि आफूले उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाइन्छ कि भन्ने आशामा रहेको बताए । उनले यस पटक आफ्नै वडाबाट नापजाँचको काम सुरु भएकाले लालपुर्जा पाइने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस