काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शाखा अधिकृत पदका लागि चैत ३० गते लिएको प्रथम चरणको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार ८ जना परीक्षार्थीहरुमध्ये ४ हजार ३७५ जना मात्र पास भएका छन् ।
परीक्षा दिएकाहरू मध्ये २०.८२ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।