काठमाडौँ । काठमाडौँको ढुङ्गेअड्डामा बसमा आगलागी भएको छ ।
बिहीबार दिउँसो पाचँपोखरी यातायातको बस थानकोट तर्फ जाँदै गर्दा ढुङ्गेअड्डा भन्दा माथि आगलागी भएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
इन्धनको पाटोबाट भएर आगलागी सुरु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, मानवीय क्षति भने भएको छैन ।