काठमाडौँ । एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् ।
तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ ।
फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले सो दाबी गरेका हुन् । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि बस्नेतले लगाएका छन् ।