सुलीकोट । गोरखाको पालुङटार नगरपालिका-२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।
यसअघि पालुङटार नगरपालिकाको मातहातमा रही सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वामित्व ग्रहण गरेको पालुङटार नगरपालिकाकाले दिएको छ ।
केही महिना अगाडी नै गण्डकी प्रदेश सरकारले उक्त अस्पतालको स्तरोन्नति गरी १५ शय्या अस्पतालबाट ५० शय्याको प्रदेश अस्पताल बनाउने निर्णय भएको थियो । विक्रम संवत् २०१३ सालमा मिसन अस्पतालको रूपमा खुलेको त्यस अस्पताल २०५८ सालमा विकास समितिलाई हस्तान्तरण गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।
विसं २०१३ सालमा पालुङा-२ मा रहेको आँपपिपल अस्पताल गोरखा, लम्जुङ, तनहुँ, मनाङ, मुस्ताङ, धादिङ र चितवनबाट समेत बिरामीहरू आएर उपचार गर्न आँपपिपल अस्पताल आउने गरेका बताइएको छ । धेरै वर्ष समितिको मातहातमा रहेको उक्त अस्पताल गत साल मात्रै समितिले नगरपालिकालाई जिम्मा लगाएको थियो ।