११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक, प्रहरीको आचरणमाथि प्रश्न

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठेको छ।

सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको उक्त भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छन्, जसमा एक सर्वसाधारणलाई लडाएर बुटले प्रहार गरिरहेको देखिन्छ।

भिडियोमा ट्राफिक पोसाकमा रहेका एक व्यक्तिले ती व्यक्तिलाई पटक-पटक लडाएर कुटपिट गरिरहेको स्पष्ट देखिन्छ। सर्वसाधारणको कागजात सडकमा फ्यालेर हिँडिरहेको दृश्यले ट्राफिक प्रहरीको व्यवहार र शिष्टाचारबारे गम्भीर बहस सिर्जना गरेको छ। भिडियोको स्थान यकिन नभए पनि ‘कीर्तिपुर यातायात’ लेखिएको बस र सडकमा बाक्लो मोटरसाइकलको चाप देखिएकाले यो दृश्य काठमाडौँ उपत्यकाकै हुन सक्ने अनुमान गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, उक्त घटनाबारे प्रारम्भिक जानकारी संकलनको प्रक्रिया सुरु गरिएको छ। अहिले भिडियोको सत्यता र स्थानको यकिन पहिचान जारी छ ।

घटनाबारे थप अनुसन्धान भइरहे पनि सार्वजनिक रूपमा प्रहरीले कुनै स्पष्ट वक्तव्य दिएको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनालाई ट्राफिक प्रहरीको दमनकारी प्रवृत्तिको उदाहरण भन्दै तीव्र आलोचना गरिरहेका छन्। धेरैले यसलाई सामान्य नागरिकमाथिको दमनको रूपमा व्याख्या गरेका छन्।

यस घटनाले ट्राफिक प्रहरीको तालिम, मनोविज्ञान र व्यवहारगत पक्षमा पुनर्विचार आवश्यक रहेको संकेत दिएको छ। घटनाको पूर्ण यकिन र दोषी प्रहरीमाथि कारबाही नहुन्जेल ट्राफिक प्रहरीप्रतिको जनआस्था र सम्मानमा गम्भीर असर पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस