काठमाडौँ । धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ ।
धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो ।
जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९स्४५ बजे मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी आमाले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफू पनि सेवन गरेको खुलेको छ ।
९ महिनाकी गर्भवती पवितालाई बीस सेवन पश्चात् शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।