काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा युवाले तपाईँले के गर्नुभएको भनिरहेको सुनिन्छ भने प्रहरीले ‘किन भागेको ?’ भन्दै लखेटेर समात्दै कुटपिट गरेको देखिन्छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीले भिडियोबारे थाहा नभएको र हेर्ने बताए ।
यसअघि पनि एक व्यक्तिलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि चार ट्राफिक प्रहरीमाथि छानबिन भइरहेको छ।