१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।

‘चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अविलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले उनीहरूका माग सरकारले सुन्नुपर्ने आग्रह गरेकी छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘‘विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासीनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आवासीय चिकित्सकहरूले सरकारी सरह भत्ता लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले सरकारी सरह भत्ता दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको विरोधमा उनीहरूले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस