१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारपाकीले बिर्सन नसकेका भूकम्प

अ+ अ-

गोरखा । गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलिरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।” 

धनमाया जस्तै भूकम्पमा आफन्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। “आकाश गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ”, उनी भन्छिन् । 

“भूकम्पले बारपाकीहरुको मानसिकतामा ठूलो धक्का पुगेको छ । वैशाख १२ पछि गएका पटकपटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ । ठूलो जनधनको क्षति गर्नेगरी वैशाख १२ गते भूकम्प गएको १० वर्ष बितिसकेछ”, घलेले भनिन् । 

स्थानीय अर्की ५५ वर्षीय कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भनिन्, “हामी त बारीमा काम गर्दै थियौँ । एक्कासी जमिन हल्लियो, एकाएक घरहरू भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।” भूकम्पका कारण आफूहरूको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउछिन् । “अहिले त नयाँ घर पनि बनाइसके”, उनले भनिन्, “तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।”

वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो भने झण्डै एक हजार ५०० निजी घरमा क्षति पुगेको थियो । 

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास पनि भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको अर्का स्थानीय जीतबहादुर घले बताउछन् । “भूकम्पले विनाश त गर्‍यो तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ”, उनले भने, “बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर पर्‍यो । हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ ।” भूकम्पपछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उनको भनाइ छ । 

एक दशकको अवधिमा बारपाकमा निजी आवास पुन:निर्माणको अन्तिम चरणमा पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ । पुन:निर्माण गर्दा विगतमा परम्परागत ढुङ्गाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरू बनेको छन् ।

प्रतिक्रिया दिनुहोस