१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तव्य (पूर्णपाठ)

अ+ अ-

यस कार्यक्रमका सभापतिज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, विभिन्न जिम्मेवारीमा रहनुभएका नेता पदाधिकारी, विभिन्न देशका राजदूतहरू र सबै यहाँ उपस्थित हुनुभएका साथीहरू, दिदीबहिनी तथा दाजु
भाइहरू !

आज हामी एउटा दुःखको दिन, दुःखको घडीको स्मरण गरिराखेका छौँ दश वर्षपछि । आजकै दिन अर्थात् वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र गरेर महाविनाशकारी भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको थियो । यतिबेला म त्यस आकस्मिक प्राकृतिक विपतमा परी जीवन गुमाउनेहरूप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछु ।

त्यसबेला ठूलो धनको पनि क्षति भयो । जसलाई हामीले सफलतापूर्वक पुनः निर्माण गरेका छौँ र नेपाल एउटा भूकम्पपछिको पुनःउत्थानशील अथवा यो समाज नै पुनःउत्थानशील छ, रिजिलियन्स यसको विशेषता हो भन्ने कुरा हामीले देखाएका छौँ सफल कामहरूबाट । म त्यस दिनको त्रासदीपूर्ण घटना सम्झिन चाहन्छु र सम्पूर्ण नेपाली समुदाय वा जो जो त्यस बेला काठमाडौंमा थिए, सबैका लागि एउटा त्रासदीपूर्ण समय भएको थियो । त्यसपछिका पराकम्पहरूले सबैमा एउटा त्रासदीपूर्ण मनस्थिति सिर्जना गरेको थियो । त्यसले मान्छे राम्ररी सुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैँ त्रसित हुने, पराकम्पहरू फेरि भयानक रूपमा उस्तै गरी आउने जसबाट त्रासको वातावरण महिनौँसम्म बनेको थियो । जुन अहिले पनि सम्झिदा दु:खद्स्थिति, त्रासदीपूर्ण र त्यसले एउटा मानसिक अवस्थामा समेत मानिसहरूको स्वास्थ्यलाई बिगार्ने खालको कुरा सम्झिएर, अत्यासलाग्दो अवस्था अहिले पनि सम्झिएर हामी एउटा अप्रिय भावना मनमा कसोकसो पलाएको स्थितिमा हुन्छ ।

हाम्रो देश हरेक प्रकारका प्राकृतिक विपत्ति, जमिनबाट प्राप्त हुने विपत्ति, पानीबाट प्राप्त हुने विपत्ति, आगोबाट प्राप्त हुने विपत्ति, हावाबाट प्राप्त हुने सबै विपत्ति हाम्रोमा आइलाग्छन् । जमिनबाट त्रासदीपूर्ण भूकम्प गएर जसले ९ लाखभन्दा बढी संरचनाहरू भत्काउने, ९ हजारभन्दा बढीको ज्यान जाने, त्यस्तो खालको त्रासदीपूर्ण स्थिति रह्यो । हाम्रा पुरातात्त्विक, ऐतिहासिक, धार्मिक अनेक धरोहरहरूको क्षति भएको थियो । त्यसै गरेर हावाहुरीले कहिले अन्नबाली समाप्त पार्दिन्छ, कहिले घरहरू भत्काइदिन्छ । हामी मौसमअनुसार पीडित हुन्छौँ । पानीबाट धेरै पीडित हुन्छौँ । कहिले असाधारण बाढी आउँछ र त्यस अतिवृष्टिले जमिनमा पहिरो जाने र बाढी जाने, त्यसले बाटा भत्काइदिने, घरहरू बगाइदिने, खेतबारीहरू बगाइदिने, फुलहरू भत्काइदिने र बगाइदिने अनेक प्रकारका वितण्डहरु हामीले त्यसबाट सहनु परेको छ । गर्मी ठाउँ छ । कहिले आगजनीका घटनाहरू हुन्छन् । कहिले वनमा आगलागी हुन्छ, कहिले गाउँमा आगलागी हुन्छ । यसको पीडा पनि हामीले बेहोर्नु परेको छ । आगोबाट, हावाबाट, पानीबाट, जमिनबाट र सबैतिरबाट हामी प्राकृतिक विपत्तिको चपेटामा पर्छौ । हामीले के देख्यौँ भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुकै रिजिलियन्स भने पनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, हाम्रो क्षमताले पुनर्निर्माण भ्याउन सक्ने अवस्था होइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरू बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन । पहाडतिर हाम्रा घरहरू कस्ता छन् भने, डल्लाडल्ला ढुंगाहरु, नमिलेका ढुंगाहरुमा माटो मिसाएर यत्तिकै पर्खाल लगाएको हुन्छ, अलिकति हल्लियो भने त्यो भत्किहाल्ने खालको हुन्छ । धन्न भन्नु पर्छ अहिलेसम्म कतिपय यस्ता घरहरू बाँकी नै छन् । ती घरहरूलाई हामी आफैँले, हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनु पर्दछ । जहाँ, फलामको प्रयोग होस्, जहाँ काठको प्रयोग होस्, जहाँ सिमेन्टको प्रयोग होस्, जहाँ बालुवाको प्रयोग होस्, यसरी नभत्किनेखालका संरचनाहरू, नभत्किनेखालका मेटरियलहरुको प्रयोग गरेर पहिले नै निर्माण गर्‍यो भने पछि अचानक एउटा भयावह परिस्थिति, क्षति जीवन, ज्यान र धन, हरेक कुरामा जुन भयावह क्षति बेहोर्नु पर्ने हो, त्यो अवस्था नआउन सक्छ । त्यसैकारण हामीले पहाडमा फुसका छानालाई जस्तापाताहरुले विस्थापित गर्‍यो । किनभने आगो लाग्न नपाओस् । कमसेकम जस्तापातामा फुसका पातामा जस्तो छिटो आगो लाग्दैन, लागिहाल्यो भने निभिहाल्छ र निभाउन सकिन्छ । त्यस कारण यी कार्यक्रमहरू हामीले अगाडि बढायौँ । तराईमा जनता आवासजस्ता कार्यक्रमहरू मार्फत फुसका साना साना छाप्राहरू, बुकुराहरू, घरै भन्न नमिल्नेखालका घरहरूलाई विस्थापित गर्न जनता आवास कार्यक्रम लग्यौँ । कतिपय ठाउँमा जमिनको धनीपूर्जा नहुने आदिजस्ता कारणहरूले त्यो पनि बनाउन नसकिने खालका अवस्थाहरूलाई हामीले मिलाउँदै जानुपर्छ र कानुनी प्रावधानहरू सजिलो बनाउन पर्छ । सरकारले निर्णय गरेर जहाँ त्यस्ता एकीकृत वस्ति निर्माण गर्ने हो, जहाँ जनता आवास कार्यक्रम अगाडि बढाउने हो । त्यस्ता ठाउँहरूलाई प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचनासहित अगाडि बढाउनु पर्दछ । त्यसमा कानुनी र व्यवहारिक अड्चनहरू, बाधाहरू, व्यवधानहरूलाई हामीले समाधान गर्नु पर्दछ ।

मुख्य कुरा प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारी हो । म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनि भन्न चाहन्छु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस् । भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनः निर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाई कन विस्थापित गर्ने बाटोमा लागौँ । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौँ । प्राकृतिक विपत्तिहरूबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ । हाम्रो मात्रै होइन, विभिन्न देशमा भूकम्प जान्छ । हाम्रो जस्तो जुन विनाशकारी भूकम्प भयो, त्यस्ता भूकम्पहरू अन्त पनि जान्छन् तर केही पनि क्षति नभई कन भूकम्प टर्छ । किनभने त्यहाँका संरचनाहरू त्यसैअनुसार छन् । अरु देशहरूमा सामुन्द्रिक आँधी, समुन्द्रबाट अरु प्रकारका विपत्तिहरू आउने हाम्रो देशमा छैनन् । समुद्रका विपत्तिहरू हामी कहाँ छैनन् । पानी भएका खोलाका छन्, तालतलैया, ग्ल्यासियर बिस्फोटका हुन सक्छन् थामेमा भएका जस्तै । यस्ता कुराहरू जलवायु परिवर्तनका समस्याहरूलाई सम्बोधन गर्ने विधिबाट पनि त्यस्ता कुराहरूलाई पनि समाधान गर्न सकिन्छ । अर्को कुरा, त्यस्ता ग्लायासियरहरुलाई कुनै बस्ती केही भइहाल्यो भने पनि त्यस्तो बस्ती तलतिर क्षति नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । यस पटक थामेमा दिउँसो भएको हुनाले मान्छे भाग्न पाएँ, दिउँसो भएको हुनाले त्यसबाट जनको क्षति, जीवनको क्षति कम भयो । यदि दिउँसो नभएर राती हुन्थ्यो भने, यदि २०७२ वैशाख १२ गतेको भूकम्प यदि राती वा बिदाको दिन त्यो घटना भएको हुन्थ्यो भने त्यसले असाधारण विनाश गर्ने थियो । तर, दिउँसो ११ बजेर ५६ मिनेटमा शनिवारको दिन, बिदाको दिन परेको हुनाले क्षति कम भयो । त्यसकारण हामी छनोट गरेर त्यस्तै समय त पार्न सक्दैनौँ । त्यसकारण त्यस्तो समय पार्न सक्दैनौँ भने जस्ता सुकै समयमा पनि हामी सुरक्षित हुने विधि हामीले अवलम्बन गर्नु पर्दछ । हामीले यस्तो स्थितिमा एउटा पुनः निर्माणको असाधारण क्षमता देखाएका छौँ । त्यसबेला उद्धार कार्यमा, राहत कार्यमा हाम्रा सुरक्षा निकायहरू, संघसंस्थाहरु र हाम्रा जनताले गरेका प्रयासहरू असाधारण छन्, प्रशंसनीय छन् । म अहिले पनि त्यो स्मरण गर्न चाहन्छु र उहाँहरूको प्रशंसा गर्न चाहन्छु। सुरक्षा निकायहरूले जुन असाधारण योगदान गरेका छन्, त्यसको प्रशंसा गर्न चाहन्छु । त्यसै गरेर पुनः निर्माणका काममा र राहतका कामदेखि वा उद्धारका कामदेखि नै हाम्रा मित्रहरूले, हाम्रा सहयोगी मित्रहरूले अप्ठ्याराको परिस्थितिमा हामी साथमा छौँ भनेर जुन मित्रताका हातहरू, सहयोगका हात अगाडि बढाउनु भयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अथवा भुल्न नसकिनेखालका छन् । म त्यसका निम्ति साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । त्यसै गरेर पुनः निर्माणका काममा हाम्रो मात्रै प्रयासबाट सायद त्यति छोटो समयमा ती कामहरू गर्न सक्ने थिएनौँ होला । हाम्रो मात्रै प्रयासले त्यो पर्याप्त हुँदैनथ्यो । हामी धेरै अप्ठ्यारो स्थितिमा हुने थियौँ तर म हाम्रा सहयोगी मित्रराष्ट्रहरू, संघसंस्थाहरु सबैलाई धन्यवाद भन्न चाहन्छु कि उहाँहरूले यस्तोमा असाधारण सहयोग पुर्‍याउनुभएको छ, असाधारण तत्परता देखाउनुभएको छ, नेपाल र नेपाली जनताप्रति असाधारण मित्रता देखाउनुभएको छ । यसका निम्ति म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद व्यक्त गर्न चाहन्छु ।

भूकम्प जाँदा हाम्रो परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर थियौँ । हामीसँग अत्यन्तै तितो अनुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौँ । भूकम्प त्यसैबेला गयो । हामी जतिबेला संविधान निर्माणको अन्तिम अन्तिम चरणतिर थियौँ र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौँ र कुनै पनि हालतमा दोहोरी नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वभाविक रूपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनु, स्वार्थहरू बाझिनु, स्वार्थहरू टकराउनु धेरै अस्वभाविक थिएन । हामीले ती कुराहरूलाई समाधान गर्नु पर्ने थियो । त्यस्तो बेलामा अचानक महाभूकम्प गयो । जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो । म नेपालका राजनीतिक दलहरूको सुझबुझलाई धन्यवाद भन्न चाहन्छु, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छु । हाम्रो युनिटी त्यसरी नै देखिनु पर्दछ । राष्ट्रिय प्रश्नहरूमा, राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्त्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरूमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ ।

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।

तसर्थ, म सबैलाई धन्यवाद भन्न चाहन्छु र यस्ता कुराहरूका निम्ति हामी सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मुल्यांकन पनि गर्दछौँ र यस्तो कुराहरू आगामी दिन पनि हुनुपर्दछ भन्छौँ । सबै पीडितहरूप्रति म फेरि एक पटक सहानुभूति व्यक्त गर्न चाहन्छु । त्यस बेलाका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् भन्न चाहन्छु र अहिले पछिका भूकम्पजन्य कुराहरूलाई पनि हामीले त्यसैगरी ध्यान दिएका छौँ र ध्यान दिनुपर्छ । कार्यक्रमको आयोजनाका लागि गृह मन्त्रालय र प्राधिकरणलाई धेरै धेरै धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु धन्यवाद ।

प्रतिक्रिया दिनुहोस