१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ’-नेपाली काँग्रेस

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले राजसंस्था पुन स्थापनाको अभियान बोकेर हिँड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ ।

शुक्रबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुन स्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।

साथै, काँग्रेसले चिना टिप्पणी नहेर्न पनि आग्रह गरेको छ ।

‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ,’ चिना टिप्पणी नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् ।’

नेपाली काँग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ ।

‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली काँग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,’ प्रमुख सचेतक घिमिरेले भने, ‘नेपाली काँग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’

सम्बोधनको क्रममा उनले नेपालको राजतन्त्रमा संवैधानिक भइ बस्ने स्वभाव नै नभएको बताए ।

‘राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली काँग्रेसलाई दिशा बदल्न बाध्य पारियो,’ घिमिरेले भनेका छन्, ‘यसको लागि नेपालको राजतन्त्र आफैँ दोषी छ ।’

प्रतिक्रिया दिनुहोस