१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रबहादुर केसीले भने-‘सत्ताको गलत आचरणले गणतन्त्रमा कालो बादल मडारियो’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालो बादल मडारिएको बताएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासीन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको बताएका हुन् ।

जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘यसको मुख्य कारण सत्तासीनहरूको गलत आचरण हो । ’

२०४६ साल र २०६२–०६३ को जनआन्दोलन दबाएकाहरूलाई कारबाही नहुँदा पनि तिनले टाउको उठाउन पाएको उनको भनाइ छ ।

सांसद् केसीले भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरिरहँदा पनि जनतामा आक्रोश बढ्दै गएको भन्दै उनले दलहरूले आफूलाई बदल्न जरुरी रहेको बताएका छन् ।

‘आफूले भ्रष्टाचार गरेको छ, भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरेको छ । यो लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि हो । आफैँले यस्ता गतिविधि गरेपछि जनतालाई कसरी सम्झाउन सक्नुहुन्छ ? त्यसैले आफलाइ बदल्न जरुरी भयो,’ उनले भने ।

अध्यक्ष केसीले गणतन्त्रमाथि कालो बादल मडारिएको भन्दै रक्षा गर्न परिवर्तनकारी सबै दल एक ठाउँमा आउनु पर्ने धारणा राखे ।

‘अहिलेको गणतन्त्रमाथि कालो बादल मडारिएको छ । त्यसैले लोकतन्त्र गणतन्त्रको रक्षा गर्न सबै एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘हाम्रै कारणले लोकतन्त्र, गणतन्त्र सकियो, धर्मनिरपेक्षता खोसियो भने हामीले कसलाई दोष लगाउने ? त्यसैले हाम्रोबीचमा जतिसुकै मतभेद रहे पनि लोकतन्त्र, गणतन्त्र जोगाउन एकताबद्ध हुनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस