१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । ताप्लेजुङ दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

ऊर्जा मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीका चार यात्रुको जलेर मृत्यु भएको थियो ।

सडकमा हिँडिरहेको जिपले भुईँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो । त्यसक्रममा जलेर पाथीभरा मन्दिर दर्शन गर्न हिँडिरहेका चार जनाको घटनास्थलमै ज्यान गएको थियो ।

समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

समितिलाई दुर्घटनाको विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्न तथा भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस