१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट निर्माणका लागि रास्वापाले सरकारलाई दियो सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति तथा प्रतिनिधि सभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभामा शुक्रबारको बैठकमा बोल्दै अर्यालले सरकारलाई बजेट निर्माणमा विभिन्न सुझाव दिएका हुन् ।

‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवर्द्धन, सामाजिक न्याय र समावेशिताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’

कुशासनकै कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको भन्दै उनले बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्ने बताए ।

‘आवश्यकता होइन, पहुँचको आधारमा बजेट छुट्ट्याउने, शक्तिशाली नेताको जिल्ला र क्षेत्रमा बजेट खन्याउने, स्थानीय र प्रदेश सरकारले गर्न सक्ने काममा पनि संघीय सरकारले बजेट छुट्याउने तथा कार्यकर्ता पोस्ने उद्देश्यमा अनुत्पादक क्षेत्रमा कनिका छर्ने गलत अभ्यासको पूर्ण नियन्त्रण आवश्यक छ । यसतर्फ सरकार कठोर बनोस्,’ उनले भने ।

रास्वपाले बजेट निर्माण गर्दा सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाएको छ । ‘सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्नुपर्छ,’ कार्यवाहक अध्यक्ष अर्यालले भने, ‘राजश्व वृद्धि र खर्च नियन्त्रण गर्न कर प्रणालीमा सुधार र अनुत्पादन खर्च कटौती गर्नुपर्नेछ । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस