काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०८४ को चुनावसम्म काँग्रेस एमाले सहकार्यमा जाँदा माओवादी खोज्नुपर्ने ठाउँमा पुग्ने भएकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबारे भ्रम फैलाउँदै हिँडेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारे ।
उनले भने, ‘काँग्रेस–एमालेबीच कुनै समस्या छैन, प्रचण्डजीलाई यो दुई पार्टीको सहयात्रा २०८४ सम्म पुग्यो भने माओवादीलाई खोज्नुपर्ने परिस्थिति निर्माण हुन्छ । त्यही भयले ‘प्रचण्ड’ले बिहान उठ्ने बित्तिकै सरकार ढल्छ भन्नुहुन्छ, सुत्ने बेलामा सरकार ढल्छ भन्नुहुन्छ ।’
उनले काँग्रेससँग सहकार्य जारी राखेर २०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।