काठमाडौँ। उत्तरी सीमावर्ती क्षेत्र नाम्खा गाउँपालिकाका नागरिकहरूलाई सीमावर्ती क्षेत्रमै पुगेर जिल्ला प्रशासन कार्यालयले अस्थायी सीमा पास वितरण गरेको छ।
हुम्लाको उत्तरी सीमा चीनको ताक्ला कोट आउजाउ गर्न अस्थायी सीमा पास हुम्लाको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको नेतृत्वमा गएको टोलीले ३७४ जनालाई अस्थायी सीमा पास वितरण गरेको हो।
सदरमुकाममा सिमकोट पुगेर सिम पास लिन सीमावर्ती क्षेत्रका लागि कठिन भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेयको टोली सीमा क्षेत्रमा पुगेर अस्थायी सिम पास वितरण गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
जिल्ला प्रशासनका अनुसार हिल्सा नाकामा ६ वटा नयाँ सीमापास ६४ जनाको नवीकरण, यारीमा ६ जनाको नयाँ पास, ८६ जनाको नवीकरण, तुम्कोटमा १६ जनाको नयाँ अस्थायी सीमापास र ३४ नवीकरण,याल्वाङमा ४८ जनाको,नयाँ पास र ११४ जनाको नवीकरण गरी ३७४ जनालाई चीनको ताक्ला कोट जाने अस्थायी सिम पास वितरण गरेको छ।
भौगोलिक रूपमा सिमकोट पुग्न त्यहाँका नागरिकलाई असहजता भएपछि शिविरबाट ताक्ला कोट आउजाउ गर्न सिम पास वितरण गरिएको हो ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५४५ जनाले चीनको ताक्ला कोट आउजाउ गर्न सिम पास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।