१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । 

आज मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।  

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएकाले द्विपक्षीय श्रम सम्झौताका लागि प्रक्रियासहित मिसन उपप्रमुख मेसिनोभिकले प्रस्ताव अघि सारेका थिए । 

छलफलमा मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय युरोपका विभिन्न देशहरूसँग नेपाली श्रमिक कामदार लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढिरहेको उल्लेख गर्दै उनले बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यका रूपमा बन्न सक्ने भएकाले श्रम सम्झौता गर्न छलफल गरिएको उनले बताए ।

नेपाली श्रमिकका लागि आवश्यक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमार्फत वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालयले पहल थालेको मन्त्री भण्डारीले जानकारी दिए । बोस्नियाबाट जनशक्ति माग भए सोहीअनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस