१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्री शाहीले भने-‘हिउँ चितुवाको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक’

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको कुनै पनि राष्ट्र भाषा नभएकाले यसलाई कुनै देशको सिमानाभित्र रहनुपर्ने अवस्था नरहेको बताएका छन् । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय हिउँ चितुवा संरक्षण कार्यशालाको उद्घाटनमा उनले हिउँ चितुवाको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् । 

“नेपालले हिउँ चितुवा संरक्षणमा आन्तरिक र बाह्य सहकार्यलाई जोड दिँदै आएको छ”, मन्त्री शाहीले भने, “नेपालले विगतदेखि नै पर्वतीय क्षेत्रको संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।” 

हिमालकी रानी भनेर चिनिने हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वच्छ पारस्थितीय प्रणाली दर्साउने सूचक हो । नेपालमा ३९७ वटा हिउँ चितुवा रहेको तथ्यांक रिपोर्ट प्रकाशन उल्लेख गर्दै उनले यो संख्या विश्वमा पाइने हिउँ चितुवाहरूको अनुमानित सङ्ख्याको करिब १० प्रतिशत रहेको अवगत गराए । यो सङ्ख्याले नेपाल हिउँ चितुवा संरक्षणका लागि कटिबद्ध छ भन्ने प्रमाणित गरेको उनको भनाइ थियो ।

“यो महत्त्वपूर्ण उपलब्धिका लागि वन मन्त्रालय र मातहतका निकायहरू, राष्ट्रिय प्रकृति संरक्षण कोष, संरक्षणकर्मीहरू, अनुसन्धानकर्ता, गैरसरकारी संस्था र स्थानीय समुदायहरू सबैलाई धन्यवाद दिन चाहन्छु”, मन्त्री शाही भने, “यो उपलब्धी तपाईँहरूको योगदानकै कारण वैज्ञानिक सर्वेक्षण सम्भव भयो, लुकेर बस्ने लजालु स्वभावको यो जीव त्यसै देख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा यो जीवको अनुगमन गर्न हामीले क्यामेरा ट्र्याप, डिएनए परीक्षण तथा अन्य प्रविधिहरूको प्रयोग गर्दै संरक्षणको नयाँ युगमा पाइला बढाएका छौँ ।”

हिउँ चितुवाको संरक्षणमा संख्याले मात्रै नहुने उल्लेख गर्दै उनले दीर्घकालीन योजना निर्माण गरिनुपर्ने र त्यसैलाई आधार मानेर हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४/२०३० ल्याएको बताए । 

यो कार्य योजनामा भएका काम सम्पन्न गर्न करिब रु एक अर्ब ७७ करोड लाग्ने अनुमान छ । हिउँ चितुवाको वासस्थानको करिब ४२ प्रतिशत भूभाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्ने भएकाले यसको बासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध शिकार नियन्त्रण, अनुसन्धान अभिवृद्धि र स्थानीय समुदायको सहभागितामा आधारित संरक्षण कार्यलाई प्राथमिकता दिनुपर्नेमा मन्त्री शाहीले जोड दिए ।

कार्यक्रममा कोषका सदस्य सचिव डा. नरेश सुवेदीले यस कार्यशालाको मुख्य उद्देश्य प्रविधि हस्तान्तरण तथा सहकार्यका साथै सामूहिक ज्ञान हस्तान्तरण र अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धि गर्ने रहेको बताए । 

यो उद्देश्य हाम्रो हिउँ चितुवा संरक्षण कार्य योजनासँग मेल खाने बताउँदै उहाँले हिउँ चितुवा संरक्षणमा स्थानीय समुदायहरूको भूमिका अति महत्त्वपूर्ण हुने उल्लेख गरे । “स्थानीयले संरक्षण गर्दा लाभ उनीहरूलाई नै बढी हुन्छ जहाँ पर्यापर्यटनदेखि वैकल्पिक आयको ग्यारेन्टी हुने गर्छ, सदस्य सचिव डा सुवेदीले भन, “यस कार्यशालाबाट प्राप्त अनुसन्धान, नीति संवाद, शिक्षा तथा क्षमता अभिवृद्धिको पहल गर्न एक महत्त्वपूर्ण अवसरले प्रदान गर्नेछ ।”

दुई दिनसम्म चल्ने कार्यशालामा हिउँ चितुवा संरक्षणसँग सम्बन्धित विभिन्न सत्रमा छलफल हुनेछ भने कार्यशालामा संरक्षणकर्मीहरू, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवाला अधिकारीलगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस