१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्यांकन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरिएको छ । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन’लाई संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसकेका छन्। नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्यांकन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । 

यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिनीसमेत गरिसकेको छ । यो अभ्यास एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास मानिएको छ ।  

नगरपालिकाको सभाकक्षमा हालै आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधान लगायतले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन’ (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरे । 

सो अवसरमा नगरप्रमुख गिरीले समृद्धिको आधार भौतिक पूर्वाधारका साथ साथमा आर्थिक, सामाजिक र प्रविधियुक्त समाज भएको बताए । उनले भने, “मैले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसकेको छु । दिगो विकासका विभिन्न लक्ष्यमध्ये पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित छन् ।” 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले दिगो विकास लक्ष्यलाई हाँसिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिए । सोही अवसरमा युएन ह्याविट्याटका प्रतिनिधि प्रधानले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्यांकन प्रतिवेदन’को महत्वका बारेमा जानकारी दिएका थिए । 

कार्यक्रममा  नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो भने कार्ययोजना ढाँचाका बारेमा पनि प्रस्तुति गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस