१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनेपामा नवदुर्गा जात्रा मनाइँदै

अ+ अ-

काभ्रेपलाञ्चोक । ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ । शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी जात्रा सुरु गरिएको हो । 

जात्राका क्रममा विशेषगरी साँझपख सहरका डबलीहरूमा श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने गर्छन् । जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा समापन गरिन्छ । 

जात्रा–संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने मान्यता छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाको डबलीहरूमा नृत्य देखाउने गरेका हुन् । नवदुर्गाको आगमन हुँदा नगरका स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजाअर्चना गरेका थिए । यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुने स्थानीय कान्छामान रञ्जितले बताए । 

बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको ठूलो भीड लाग्ने गर्दछ । जात्राका क्रममा श्वेतभैरवले मान्छेरुपी माछा ९स्थानीय व्यक्ति०लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहन्छन् । 

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहँदै आएको छ । यस्तै बनेपामा जात्रा सकिएपछि नवदुर्गा पनौती जाने मान्यता छ । रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत हुने गर्दछ । 

माछा मार्ने जात्रा सुरु हुनुअघि वरपर पैसा(दक्षिणा) माग्ने प्रचलन रहेको छ । त्यपछि  ङा–लाकेगु अर्थात् माछा मार्ने जात्रा प्रारम्भ हुने गर्दछ । यो जात्रामा पहिला ‘दुम्ब’ ले ङा लाकेगुअर्थात् माछा मार्ने जात्रा गर्दछ । यो जात्रा हुँदा जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने गर्दछन् । यसरी लखेट्दा दुम्बदे समात्यो भने दशा लाग्छ भन्ने जनविश्वास पनि रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस