काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-९ मा बस्ने वर्षीय नारायण बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ सिनामंगलबाट शुक्रबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।