१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा नि:शुल्क आँखा शिविर सञ्चालन

अ+ अ-

पर्सा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले आज आयोजना गरेको नि:शुल्क आँखा शिविरबाट एक सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् । वीरगञ्ज महानगर-२ छपकैयाँस्थित छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतिया विन्दुका बिरामी भेट्टिएका हुन्।

वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले बस्ती बस्तीमा शिविर गर्न आवश्यक भएको बताए । “वीरगञ्जका टोल टोलमा आँखा अस्पताल छन् । उपचार गर्न जाने प्रवृत्ति कम भएकाले त्यस्ता बिरामीलाई लक्षित गरी शिविर गर्न आवश्यक छ । सोही अनुसार अहिले सुरुवात गरेका छौँ ।”

वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई-मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताए । “केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा  आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतिया विन्दु पहिचान गरी नि:शुल्क शल्यक्रिया गर्दै आइरहेका छौँ”, उनले भने, “हामीले नि:शुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेका छौँ । जसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाउँदै आउनुभएको छ ।”

केन्द्रले तिलगंगा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे नि:शुल्क आँखा शिविर र नि:शुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । नेत्र अधिकृत सिंहले तराई-मधेसका नागरिकले आँखाको हेरचाह र सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अंग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गरे । केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई नि:शुल्क औषधि वितरण गरिएको जानकारी दिए । “मोतिया विन्दु भेट्टिएका बिरामीलाई नि:शुल्क शल्यक्रियाको पनि प्रबन्ध गरेका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस