१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका-१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, चितवनका भरतपुर महानगरपालिका-३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैँडाकोटतर्फ आउँदै गरेको ग.२ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३ बस्ने ६० वर्षीय ताईसन तामाङको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जाँदै गरेको म.१ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशव ठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङका विराटनगर महानगरपालिका-५ स्थित सडकमा दावा बन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र.१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका-२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले 

खोजी गरिरहेको छ । सिराहाको बरियारपट्टी गाउँपालिका-४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स.१ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।  

सुनसरीका धरान उपमहानगरपालिका-८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी 

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस