काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिवार आगलागी भएको छ। स्टोरमा राखिएको फ्रिजको तार सट भएर बिहान साढे दश बजे आगलागी भएको हो।
आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति पुगेको र झन्डै तीनदेखि चार करोडसम्मको क्षति भएको भेरी अस्पतालका कार्यालय प्रमुख डा. निराजन सुवेदीले प्रशासनलाई बताए ।
उनका अनुसार हरेक दिन खपत हुने सामान राखिएकै स्टोरमा आगलागी भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल कर्मचारी, स्थानीयहरूले एक घण्टामा आगो नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ।