१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा पाँच वर्षे युद्ध विरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

अ+ अ-

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्ध विराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले बताएका छन् ।

हमासको एक प्रतिनिधिमण्डल इजिप्टका मध्यस्थकर्ताहरूसँग१८ महिना लामो युद्धबाट कसरी बाहिर निस्कने भन्ने विषयमा कायरोमा छलफल गरिरहेको छ ।

हमासका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “प्यालेस्टिनी लडाकू समूह ‘एउटै चरणमा कैदीहरूको आदानप्रदान र पाँच वर्षका लागि युद्ध विरामका लागि तयार रहेको’ छ।” 

युद्ध विरामका लागि पछिल्लो प्रयास इजरायलको प्रस्तावपछि आएको हो, जसलाई हमासले यसै महिनाको सुरुमा ‘आंशिक’ भन्दै अस्वीकार गरेको थियो र यसको साटो सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणबाट प्रज्वलित युद्ध रोक्न ‘विस्तृत’ सम्झौताको माग गरेको थियो । इजरायली प्रस्तावमा १० जना जीवित बन्धकहरूको फिर्तीको बदलामा ४५ दिनको युद्ध विराम प्रस्ताव गरिएको छ । 

हमासले युद्ध विराम सम्झौताले युद्ध अन्त्य गर्नुपर्ने, गाजापट्टीबाट इजरायली सेनाको पूर्ण फिर्ता हुनुपर्ने र घेराबन्दी गरिएको क्षेत्रमा मानवीय सहायता बढाउनुपर्ने माग गर्दै आएको छ ।

इजरायलले सन् २०२३ मा भएको आक्रमणमा समातिएका सबै बन्धकलाई फिर्ता गर्न र हमासको नि:शस्त्रीकरणको माग गर्दै आएको छ।

गाजामा दुई महिना लामो युद्ध विरामपछि इजरायलले पुनः आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि हमासका एक अधिकारीले यसै साताको सुरुमा कायरोमा रहेको आफ्नो प्रतिनिधिमण्डलले युद्ध विरामका लागि ‘नयाँ विचार’ बारे छलफल गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस