ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदीले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए । उक्त सूचना पाएपछि प्रहरी चौकी फूलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।