१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब हिमाली जिल्लामा पनि औलो

अ+ अ-

कर्णाली । हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ । हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो ।   

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुई जनामा औलो सङ्क्रमण देखिएको हो । विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन् । हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ ।

निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए । उनले भने, “निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन् । हुम्लामा सङ्क्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ । यसले सबैलाई झस्काएको छ ।”

आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका-४/५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन् । यस्तै, प्रदेशमा  दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिममा रहेका छन् । हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए ।

यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो सङ्क्रमण सुर्खेतमा देखा परेको छ । सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट सङ्क्रमण देखा परेको छ । जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई/दुई र लेकबेँसी नगरपालिकामा एक जनामा आयातित औलो रोग सङ्क्रमण देखा परेको जनाइएको छ ।

यस्तै, कालिकोटको खाँडा क्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक/एक गरी चार जना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए । उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरू हुन् । कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए ।

आचार्यले भने, “स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस