काठमाडौँ । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिँदै छ ।
यसअघि पछिल्लो पटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ । यसअघि भने अदालतले मिश्र र प्रसाईँको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो ।