काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए ।
सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्दै पानीको फोहरा हानेको छ । सो क्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए ।
शिक्षा ऐनलाई बटम लाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औँ दिन हो ।