१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच छ भन्ने गगनको अभिव्यक्तिमा ओलीले फर्काए जवाफ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्छ भन्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्ता अभिव्यक्ति दिनेप्रति दया लाग्ने बताएका हुन्।

‘कोही यस्तरी धतुंगाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ। दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा। के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन्,’ उनले भने।

यही कुरालाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू त्यसैलाई लिएर उफ्रिएको भन्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरे।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने काँग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि सत्य बोलेको भन्दै शुक्रबार प्रतिनिधि सभाा बोल्दै धन्यवाद दिएका थिए।

ओलीले यसप्रति पनि टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले अहिले सरकारलाई सोझो दक्षिणपन्थी र नावाकाद (नामले वामपन्थी, कामले दक्षिणपन्थी) हरूले बदनाम गर्न लागिपरेको बताए।

‘पहिले एक पटक विष्णुबहादुर मानन्धरहरूको समूह थियो, त्यसले केशरजंग रायमाझीहरूलाई नावाकाद (नामले वामपन्थी, कामले दक्षिणपन्थी) भन्थ्यो। नाकवादहरू अहिले पनि छन्। नावाकाद कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउनका लागि हाम्रा विरुद्ध विभिन्न लान्छना, आरोप लगाउने गर्छन्। अर्को ढल्यो, ढल्यो, सरकार ढल्यो, अहिले ढल्यो, भोलि बिहान ढल्यो भन्छन्, उनले भने।

त्यस्ता शक्तिहरूले काँग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्कने बित्तिकै सरकार ढल्ने दाबी गर्दै आएको उनले बताए।

‘शेरबहादुरजीले टाउकाबाट चिसो पानी खन्याइदिएपछि ती छक्क परेका छन्। शेरबहादुर आएपछि नढलेर के भयो र दुई–चार दिनमा ढलिहाल्छ भनेर अर्को गीत सुरु गरेका छन्, नावाकाद हुन् यिनीहरू,’ उनले भने।

उनले अहिले सरकारले के नराम्रो काम गरेको छ भन्दै प्रश्न गरे।

‘सरकारले केही त गरेको छैन। नराम्रो काम एउटै गरेको छैन। यस्तो विरोध, मानिलिऊँ अहिलेको सरकारले देशै बरबाद गर्न लाग्यो कि जस्तो१,’ उनले भने।

बरबाद पारेको अर्थतन्त्र, बरबाद पारेको लोकतन्त्र, त्यसलाई ठिक ट्र्याकमा फर्काउन सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए। 

‘तर विरोध यसरी गरेको छ। मानौँ, देशका विरुद्ध ठूलो जघन्य अपराध गरेका छौँ। विकास होइन त्यसको विपरीत चलेका छौँ जस्तो, हामी विकासको बाटोमा चलेका छौँ। सुशासनको पक्षमा चलेका छौँ। सही काममा दौडिएर हामीसँग प्रतिस्पर्धा गर्ने, हामीलाई पराजित गर्ने हाम्रा विरोधीहरूसँग सामर्थ्य छैन। छिर्के लगाउने, बदनाम गर्ने, लडाउने, तान्ने त्यसरी।।१ झेली खेलाडीहरू१,’ उनले भने।

प्रतिक्रिया दिनुहोस