१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकका असन्तुष्ट आवाजहरूलाई सम्बोधन गर्न कानून बनाउनुपर्नेमा राष्ट्रिय सभा अध्यक्ष दाहालको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानून निर्माण गर्न नसक्दा ऐन कानूनको माग गर्दै सडकमा आन्दोलन भइरहेको भन्दै सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उनले यस सन्दर्भमा सिंगो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राखे । निर्माण गर्नुपर्ने कानूनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।

उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सवैका जिम्मेवारी र कर्तव्य भएको जिकिर गरे ।

दाहालले संघीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत अन्य महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारवाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गरे ।

चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न राष्ट्रियसभा सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । यसअघि शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठक सांसद दीपक बोहराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस