काठमाडौँ । शिक्षकहरूको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सबिना कार्की घाइते भएकी छिन् । उनको आँखामा गम्भीर चोट लागेको छ । अहिले उनलाई उपचारका लागी तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
आइतबार रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शन स्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैँ बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।