काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
सांसदसमेत रहेका थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए । गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेका थिए ।