१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहसम्म आपत्कालीन गोदाम घर बनाऔँ : गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदाम घर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको जोड दिए । “काठमाडौँमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो ।” गृहमन्त्री लेखकले भने-“ तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो ।”

उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदाम घर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरू राख्नुपर्ने बताए। “ प्रत्येक पालिकमा गोदाम घर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नि त्यो कार्यालयको एउटा कोठालाई गोदाम घर बनेर तोकिदिए हुन्छ ।” मन्त्री लेखकले भने-“ त्यसमा आधारभूत सामाग्री राखौँ । ती गोदाम घरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा जुट्नुपर्छ ।”

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौँ बाहेक अन्य गोदाम घर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । 

“ प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदाम घरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौँमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिति थियो ।” उनले भने–“ अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदाम घर हस्तान्तरण गरिने काम भएको छ ।”

विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाई थियो । “ विपद्काको विषय सम्बोधन हुनुका लागि पूर्व सूचना समयमा हुनुप¥यो ।” उनले भने-“ विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुनर्निर्माण र पुनर्स्थापन महत्त्वपूर्ण विषय हुन ।”

उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित भएर हुनुपर्नेमा जोड दिए । “तपाईँहरूले सिकेका ज्ञान, सिप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई यो जोखिमबाट जोगाउने काम गर्न सक्छौँ ।” लेखकले भने-“ त्यसका लागि संगठित रूपले अगाडी बढ्न सके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस