१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा जोड, नतिजा देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । 

ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उनले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताए । 

“आयोजना प्रमुखले कति खर्च गर्न सक्ने हो, खर्च गर्न सक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ”, मन्त्री खड्काले भने । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उनले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरे । 

ऊर्जा मन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । 

ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभयो । उहाँले आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्ने उनको भनाइ छ ।

सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताए । 

सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने उनको भनाइ थियो ।

सचिव दवाडीले आगामी आवका लागि चालु आवभन्दा कम बजेटको सिलिङ प्राप्त भएको भन्दै यसलाई बढाउन मन्त्रालयले पहल गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस