१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाले भने-‘शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण पेस गरेको बताएका छन् ।

सरकार गम्भीर नबनेको भन्दै चिन्ता व्यक्त गरेका कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरूमा सरकारले बल प्रयोग गरेको दिन आइतबार सामाजिक सञ्जालमार्फत् आफ्नो विचार सार्वजनिक गरेका नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ । कक्षा १२ को परीक्षा समेत सरेको छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’

उनले एक दुई दिनमै समस्या समाधान गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

‘अब धेरै ढिला भयो । एक दुई दिनमै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा छन् । २६औँ दिन सरकार र शिक्षकहरूबीच झडप हुँदा थुप्रै शिक्षक घाइते भएका छन् । एक सञ्चारकर्मीसमेत घाइते भएकी छन् ।

प्रतिक्रिया दिनुहोस