१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलद्वारा तीन महिनामा २२ लाख ६३ हजार यात्रु व्यवस्थापन 

अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ को पहिलो तीन महिनामा साढे २२ लाख यात्रु व्यवस्थापन गरेको छ ।

विमानस्थल कार्यालयका अनुसार जनवरी, फेब्रुअरी र मार्चमा कुल २२ लाख ६३ हजार ३ सय ४५ यात्रुलाई सेवा दिइएको हो । तीमध्ये ११ लाख ८४ हजार ९ सय ७३ अन्तर्राष्ट्रिय र १० लाख ७८ हजार ३ सय ७२ आन्तरिक उडानका यात्रु छन् ।

जनवरीमा मात्र अन्तर्राष्ट्रियतर्फ कुल २ हजार ४ सय ५८ उडान/अवतरण भएका छन् । जनवरीमा ३ लाख ८७ हजार ३४ यात्रुले सेवा लिएका छन् ।

त्यस्तै फेब्रुअरीमा २ हजार २ सय ७५ उडान-अवतरण भएका थिए । यस महिना यात्रु संख्या ३ लाख ७३ हजार ५ सय ३४ थियो ।

यसैगरी मार्चमा २ हजार ७ सय १० उडान-अवतरण भएका छन् । यात्रु संख्या ४ लाख २४ हजार ४ सय ५ थियो ।

उता, आन्तरिकतर्फ जनवरीमा ६ हजार ३ सय ३८ उडान-अवतरणबाट ३ लाख १२ हजार ९ सय २६ यात्रुले सेवा लिएका छन् ।

फेब्रुअरीमा ६ हजार ९ सय १३ उडान-अवतरण भए । यस महिना ३ लाख ५७ हजार ७ सय ६९ यात्रुले उडान सेवा लिएका थिए ।

त्यस्तै मार्चमा ९ हजार ६४ उडान-अवतरण भएकोमा यात्रु संख्या ४ लाख ७ हजार ६ सय ७७ पुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस