काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग अनुसार ऐन बनाउन तदारुकता देखाउनुपर्नेमा शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका हुन् ।
‘नेपाल शिक्षक महासंघको नेतृत्वमा हजारौँ शिक्षक सडकमा छन् । उल्टो शिक्षकमाथि निर्मम दमन गरिएको छ । त्यो दमनको म भर्त्सना गर्न चाहन्छु,’ सांसद दाहालले भने ।
उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरवाहीका कारण भएको दाबी गरे ।
दाहालले आइतबार बानेश्वरमा शिक्षकहरूमाथि दमन भएको भन्दै भर्त्सना पनि गरेका छन् ।