काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।
गए राति १० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख एसपी नरेन्द्र चन्दले प्रशासनलाई जनाकारी दिए ।
मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको छ । घाइते भएका २७ वर्षीय चालक वर्षीय रन्जन र २३ वर्षीय सरोज बुढा छन्। हाल उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको छ ।