सर्लाही । प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विष्णु गाउँपालिकामा बस्ने ४० वर्षीय साहेब पासवान रहेका छन् । प्रहरीका अनुसार पासवानले सोही ठाउँकै ३६ वर्षीया रेनु देवी पासवानलाई धारिलो हतियार फर्सा प्रहार गरी हत्या गरेका थिए ।
साहेबले धारिलो हतियार फर्सा प्रहार गर्दा रेनु देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मधुवनगोठ र इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।