१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

अ+ अ-

सुनसरी । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकै खेती र आँप खेतीमा ठूलो क्षति गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकै खेती र आँप खेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकै खेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकै खेतीमा क्षति पुर्‍याएको उनले जानकारी दिए। मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरुवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसै गरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए ।

आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए । त्यसै गरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।

गए राति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस