काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ का सम्बन्धमा १२ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा विधेयकमाथि छलफलमा भाग लिँदै उनले नागरिक उड्डयन सुधारका लागि आफ्ना सुझाव राखेका हुन् ।
सुझाव :
१. सुरक्षा पहिलो प्राथमिकता : कडा सुरक्षा र निरीक्षण मापदण्ड लागु गर्नुपर्ने
२. यात्रु अधिकार : यात्रुहरूका लागि फिर्ती, ढिलाइ र गुनासो निवारणमा स्पष्टता
३. अनुमतिपत्र वितरण प्रणाली : पाइलट, चालक दल र एयरलाइन्सका लागि कडाइयुक्त अनुमति प्रक्रिया
४. आधुनिक हवाई ट्राफिक : हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण,
५. विमानस्थल नियमन : निजी लगानी प्रवर्द्धनसहित कडा नियमन
६. सुरक्षा व्यवस्थापन : विमानस्थल र उडान सुरक्षा बलियो बनाउने
७. स्वच्छ प्रतिस्पर्धा : एकाधिकार रोकथाम र भाडादर नियमन
८. पर्यावरण संरक्षण : उत्सर्जन कटौती र हरित प्रविधि प्रवर्द्धन
९. ड्रोन व्यवस्थापन : ड्रोन तथा यूएभी सञ्चालनका लागि स्पष्ट नियम
१०. दुर्घटना जाँच : स्वतन्त्र र पारदर्शी दुर्घटना अनुसन्धान प्रक्रिया
११. अन्तर्राष्ट्रिय सहकार्य : अन्तर्राष्ट्रिय उड्डयन सम्झौताहरूको पालना
१२. भविष्य उन्मुख : ड्रोन, उड्ने ट्याक्सी र हरित इन्धन प्रवर्द्धन