१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन सचिव पन्थद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण, सुधार योजनाको प्रशंसा

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण गरेका छन् । सहसचिव दीवश आचार्य र मीरा आचार्यसहितको टोली लिएर पुगेका सचिव पन्थलाई महानिर्देशक श्रवणकुमार पोखरेलको टोलीले स्वागत गरेको थियो । निरीक्षणमा किताबखानाका तीनवटै भवनका शाखाहरूको स्थलगत अवलोकन गरिएको छ । 

गत चैत्र २३, २०८० मा सेक्सी र्‍यान्सम भाइरसको आक्रमणपछि अवरुद्ध पीआइएस सिस्टमको लाइभ सेवा ४५ दिनभित्र पुनर्जन्म गर्ने महानिर्देशक पोखरेलको प्रतिबद्धताको समयसीमा नजिकिँदै गर्दा सचिव पन्थ निरीक्षणमा पुगेका हुन् । सो क्रममा महानिर्देशक पोखरेलले प्राविधिक टोलीले चुनौतीहरू पार गर्दै उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।

सचिव पन्थको टोलीले तीन घण्टाभन्दा बढी समय लगाएर किताबखानाका सबै शाखाबाट प्रदान हुने सेवाहरूको अवलोकन गर्नुका साथै महानिर्देशकको ब्रिफिङ सुनेको थियो । निर्देशक सुदन श्रेष्ठले किताबखानाको इतिहास र वर्तमान अवस्थाबारे बताएका थिए भने सूचना प्रविधि निर्देशक मनिष सिंहले प्राविधिक प्रयोग र चुनौतीहरू तथा उपमहानिर्देशक लक्ष्मी पाण्डेले मन्त्रालयसँगको अपेक्षाबारे प्रस्तुति दिएका छन् ।

महानिर्देशक पोखरेलले हालै सुरु भएको सुधार कार्य र आगामी योजनाको अद्यावधिक प्रस्तुत गरे । निरीक्षणमा संलग्न एक अधिकारीका अनुसार, किताबखानाले लाइभ सेवा पुनर्स्थापना र प्राविधिक सुधारमा उल्लेखनीय प्रगति गरेको छ ।

सचिव पन्थले सुधार योजना र कार्य योजनाको प्रशंसा गर्दै मागअनुसार बजेट र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले कर्मचारीहरूलाई गुनासोरहित सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएको महानिर्देशक पोखरेलले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराएका छन् । 

मन्त्रालयको सहयोग र किताबखानाको सक्रियताले सेवा सुधारमा थप गति प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस