काठमाडौँ । पर्साको पोखरियास्थित मालपोत कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।
मालपोत कार्यालय पोखरियाका अनुसार जनतालाई सहज सेवा प्रवाह गर्नका लागि कार्यालयका सबै शाखा समेत गरी १० वटा सीसी क्यामेरा जडान गरी सेवा प्रवाह सुरु गरिएको हो ।
मालपोत कार्यालयबाट सेवाग्राहीको काम सहज रूपमा गर्न र कर्मचारीबाट कुनै पनि किसिमको लापरबाही हुन नदिन सबै शाखामा क्यामेरा जडान गरी सेवा सञ्चालनमा ल्याइएको कार्यालयको भनाइ छ ।
सीसी क्यामरा जडान भए पछि सेवाग्राहीको काममा कुनै गुनासो नआउन कार्यालयको दाबी छ ।